कोरोनाका कारण मानिसको औसत आयुमा ठूलो गिरावट

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७८ | काठमाडौं


कोभिड १९ महामारीका कारण मानिसको औसत आयुमा दोस्रो विश्व युद्धपछिकै ठुलो गिरावट आएको एक अध्ययन सार्वजनिक भएको छ । अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनले सन् २०१९ को तुलनामा विश्वको औषत आयु २९ मुलुक मध्य २२ मुलुकमा ६ महिनाले घटेको देखाएको छ । युरोपेली मुलुक, अमेरिका र चिलीमा गरिएको अध्ययन अनुसार महिलाको भन्दा पनि पुरुषको आयुमा गिरावट आएको देखाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनले अमेरिकी पुरुषको औषत आयु दुई वर्षले घटेको पाइएको छ । औषत आयुको दर कोरोना भाइरसले निम्त्याएको मृत्युका कारण घट्न पुगेको छ । विश्वभर कोरोना भाइरसका कारण झण्डै ५० लाखले ज्यान गुमाएका छन् । गत ५ वर्षको तुलनामा महिलाको औषत आयु ११ मुलुकमा मात्रै कमी आएको छ । अमेरिकामा ६० वर्ष मुनीका उमेरमा मृत्युदर उच्च पाइएको छ भने युरोपमा ६० वर्ष माथिकाको मृत्युले औषत आयुको दरमा प्रभाव पारेको हो । मध्यम तथा न्युन आय भएका मुलुकहरुले तथ्यांक उपलब्ध गराएपछि थप तथ्य प्राप्त हुने जनाइएको छ । 


प्रतिक्रिया