नर्वेमा क्रिश्मश पार्टीमा सहभागी ५० भन्दा बढीमा ओमिक्रोन संक्रमण

मंसिर १६, २०७८ | काठमाडौं

नर्वेमा एकैपटक ५० जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फेला परेको छ । राजधानी ओस्लोमा एउटा पार्टीमा सहभागी ५० जनामा ओमिक्रोन भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हालसम्म एकै पटक यति धेरै संख्यामा ओमिक्रोन संक्रमण भेटिएको यो पहिलो घटना हो । 

ओमिक्रोन संक्रमण भेटिएसँगै सरकारले विभिन्न प्रतिबन्धको तयारी गरेको छ । यसअघि गत सोमबार पनि नर्वेले २ जनामा ओमिक्रोन फेला परेको बताएको थियो । 


प्रतिक्रिया