ओमिक्रोन संक्रमण : अमेरिकामा यात्रासम्बन्धि नियममा कडाई

मंसिर १७, २०७८ | काठमाडौं

ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि अमेरिकामा यात्रासम्बन्धि नियममा कडाई गरिएको छ । अमेरिकामा हालसम्म १० जनामा ओमिक्रोनको सक्रंमण देखा परिसकेको छ । उनीहरुमा सामान्य लक्षण मात्रै देखा परेको बताइएको छ । 

 नयाँ नियम अनुसार अमेरिका प्रवेश गर्ने यात्रुहरुले २४ घण्टाभित्र कोभिड परीक्षण गराउनुपर्नेछ जुन पूर्ण मात्रा खोप लगाएका मानिसको हकमा पनि लागू हुने बताइएको छ । यस्तै विमान, रेल तथा बसहरूमा मास्क अनिवार्य गरिएको छ ।

ओमिक्रोन भेरियन्ट हालसम्म ३० देशमा विस्तार भइरसकेको छ । विभिन्न मुलुकहरुले भेरियन्टबाट बच्नका लागि स्वास्थ्य सावाधानीमा कडाई गरेका छन् । यद्यपी अमेरिकामा भने तत्काल लकडाउन गर्ने योजना नभएको राष्ट्रपति बाइडेनको भनाई छ । 


प्रतिक्रिया