दिल्लीमा पनि ओमिक्रोन पुुष्टि

मंसिर १९, २०७८

भारतको राजधानी दिल्लीमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो केश पुष्टि भएको छ । पुर्वी अफ्रिकन मूलुक तान्जानियाबाट दिल्ली फर्किएका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । 

नयाँ संक्रमित भेटिएसंगै भारतमा ओमिक्रोन संक्रमितको संख्या ५ पुगेको छ । यसअघि, ओमिक्रोन भेरियन्टका दुई संक्रमितहरु बैग्लोरमा, एक जना मुम्बईमा र एकजना गुजरातमा भेटिएका थिए । गत हप्ता, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्रोनबारे चिन्ता व्यक्त गर्दै ओमिक्रोन प्रभावित मुलुकहरुबाट यात्रामा प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष अपिल गर्नु भएको थियो । 


प्रतिक्रिया