पाकिस्तानको नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक

पुस ३०, २०७८ | एजेन्सी

पाकिस्तानले नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरेको छ । भारतसहितका अन्य छिमेकी देशसँग शान्तिपूर्ण सम्वन्धको नीति अवलम्वन गर्ने लगायत बिषय समेटेर पाकिस्तानले सुरक्षा नीति तयार पारेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आज एक सय पेजको राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्नुभयो । 

सो नीतिले काश्मिरको मुद्धा टुङ्गो नलागेपनि भारतसँग शान्तिपूर्ण सम्वन्ध स्थापित गरी व्यापार विस्तारलाई महत्व दिएको बताइएको छ । नीति सार्वजनिक गर्दै प्रधानमन्त्री खानले सुरक्षा नीति आफ्नो सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया