अमेरिका र फ्रान्समा कोभिड–१९ को नयाँ भेरियन्ट फेला

फाल्गुन ३०, २०७८ | एजेन्सी

अमेरिका र फ्रान्समा कोभिड–१९ को नयाँ भेरियन्ट देखिएको छ । कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

‘डेल्टाक्रोन’ नाम दिइएको सो भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् । हालसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन संक्रमण देखिएको र अन्य धेरैमा योसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । गत महिना बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीमा एक जना बेलायती नागरिकमा डेल्टा र ओमिक्रोन दुवैको लक्षण देखिएको बताएको थियो ।


प्रतिक्रिया