म्यानमारकी अपदस्थ नेतृ सुची एकान्त कारागारमा

असार १०, २०७९ | काठमाडौं

म्यानमारकी अपदस्थ नेतृ आङ सान सुचीलाई गोप्य नजरबन्दमा राखिएको स्थानबाट राजधानी नेपिडाउको जेल परिसरमा रहेको एकान्त कारागारमा सारिएको छ । सैन्य सरकारका प्रवक्ताले अनुसार आपराधिक कानून अनुसार सुचीलाई एकान्त कारागारमा राखिएको हो ।

 सन् २०२१ को फेब्रअरी १, मा सेनाले तत्कालिन सुची सरकारको नेतृत्वमा रहेको सरकारलाई अपदस्थ गरी उहाँलाई नजरबन्दमा राखेको थियो । सुरुवातमा सुची आफ्नै निवासमा नजरबन्दमा रहेपनि केही पछि अर्को स्थानमा सारिएको थियो । ७७ वर्षीया नेतृ सुचीको रिहाईसहित अपदस्थ सरकार पुर्नबहालीका लागि म्यानमारमा लामा झण्डै डेढ वर्षयता विरोध प्रदर्शन भइरहेका छन् । 


प्रतिक्रिया