मंकिपक्सका कारण विश्वमा तत्काल आपतकालको अवस्था छैन :डब्लुएचओ

रेडियो कान्तिपुर संवाददाता

असार १२, २०७९

विश्वमा मंकिपक्सको संक्रमण बढेपनि तत्काल आपतकालको अवस्था भने नरहेको विश्व स्वस्थ्य संगठन डब्लुएचओले ठहर गरेको छ । हाल सम्म अफ्रिका बाहेकका मुलुकमा ३ हजार २ सय जनामा मंकिपक्स संक्रमण पुष्टि भएको छ । ६ साताको अन्तरमा ४८ मुलुकमा सो संक्रमण पाइएको छ । तत्काल आपतकालको अवस्था नरहेपनि सजगता भने अपनाउनु पर्ने डब्लुएचओले जनाएको छ । विज्ञहरुको टोलीले मंकिपक्सको संक्रमणलाई नजिकबाट नियालिरहेको डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले बताउनुभएको छ । संक्रमणको जोखिम रहेपनि विश्व स्वास्थ्य आपतकालको अवस्था भने नहुनेमा डब्लुएचओ सहितका स्वास्थ्य विज्ञहरु एकमत रहेको घेब्रेससको भनाई छ । मध्य अफ्रिकामा भने मंकिपक्सका कारण सन् २०२२ मा ७० जनाको मृत्यु भएको छ । १ हजार ५ सयमा संक्रमण पाइएको छ । मंकिपक्स फ्लुको जस्तो लक्षण हुने छाला सम्बन्धी समस्या भएको रोग हो । कोरोना भाइरस सहित पोलियो संक्रमणका क्रममा विश्वमा आपतकाल घोषणा भएका थिए । डब्लुएचओले घोषणा गरेको कोरोना महामारी हटिसकेको छैन ।


प्रतिक्रिया