अमेरिका लगायत धनी देशले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने

असार १२, २०७९ | काठमाडौं

बेलायत, अमेरिका, क्यानडा र जापानले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएका छन् । युक्रेनमा निरन्तर आक्रमण गरिरहेको रुसमाथि यो अर्को ठूलो प्रतिबन्ध हुनेछ । हालसम्म मस्कोमाथि अन्य शक्ति राष्ट्रहरुले सयौं प्रतिबन्ध लगाइसकेका छन् । 

सन् २०२१ मा रुस सब्रैभन्दा धेरै सुनको निर्यात राष्ट्र भएको थियो । युकेले प्रतिबन्धबाट रुसमाथि थप आर्थिक दबाब बढ्ने बताएको छ । जर्मनीमा हुने विश्वका धनी राष्ट्रहरुजी –सेभेनको बैठकमा यस विषयमा थप निर्णय लिइने जनाइएको छ । 

अमेरिकी राष्ट्रपति बाइडेनले अन्य जी –सेभेन आबद्ध राष्ट्रलाई पनि यस निर्णयमा साथ दिन आह्वान गर्नुभएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसलाई यस कदमले ठूलो धक्का लाग्ने बताउनुभएको छ । 


प्रतिक्रिया