युक्रेनमाथिको आक्रमणपछि रुसी राष्ट्रपति पुटिन दोस्रो विदेश भ्रमणमा

श्रावण ३, २०७९ | मस्को

गत फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरु गरे पश्चात् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विदेश यात्राको रुपमा इरानको भ्रमण गर्दै हुनुहुन्छ । भ्रमणका क्रममा पुटिनले इरानका सर्वोच्च नेता अयु–तोल्लाह अलि खामिनी र टर्कीका राष्ट्रपति रिसेप तयब एर्दोगानसँग भेटवार्ता गर्नेछन् । युक्रेनमाथि हमला शुरु भएपछि पुटिनले विदेश भ्रमणमा रुचि देखाउनुभएको छैन ।

 गत जूनमा उहाँले ताजकिस्तान र तुर्किमेनिस्तानको भ्रमण गर्नुभएको थियो । आज हुने इरानको भ्रमणबाट पुटिनले उक्त देशसँगको सम्वन्धलाई प्रगाढ बनाउन प्रयास गर्ने बताइएको छ ।


प्रतिक्रिया