युरोपमा अत्यधिक गर्मी

श्रावण ३, २०७९ | लन्डन


युरोपको पश्चिमी क्षेत्र तथा बेलायतमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । गर्मीका कारण फ्रान्स, पोर्चुगल, स्पेन, ग्रीसमा डढेलो लाग्नुका साथै हजारौं सर्वसाधारणलाई उद्धार गरिएको छ । त्यस्तै, स्पेनमा तापक्रम ४३ डिग्री सेल्सियस सम्म पुगेको छ ।

यसैबीच, बेलायतको मध्य, उत्तरी तथा दक्षिण पूवी क्षेत्रमा चर्को गर्मी फैलिने भन्दै सचेत गराइएको छ । गर्मीबाट बच्न नदी तथा तालमा गएकामध्ये चार जनाको मृत्यु भएको अनुमान गरिएको छ । गर्मीको समयमा अनावश्यक यात्रा नगर्न समेत सावधान गराइएको छ । गर्मीका कारण हुन सक्ने मानवीय समस्या समाधानका लागि तयारी अवस्थामा बस्न अस्पताल तथा एम्बुलेन्सलाई निर्देशन दिइएको छ । केही विद्यालय बन्द गरिएका छन् भने अत्यधिक मागका कारण पानी आपूर्तिमा समस्या हुन सक्ने चेतावनी दिइएको छ । युरोपमा मंगलबार ४३ डिग्री सेल्सियससम्म तापक्रम पुग्न सक्ने अनुमान गरिएको छ । 


प्रतिक्रिया