रुससँग अन्न निर्यातको सम्झौता भएलगत्तै युक्रेनको बन्दरगाहमा विस्फोट

श्रावण ७, २०७९ | कीभ

युक्रेन र रुसबीच अन्न निर्यात गर्न दिने सम्झौता भएको एक दिन पनि नबित्दै युक्रेनको प्रमुख बन्दरगाहमा विस्फोट भएको छ । ओडेसाको बन्दरगाह सहरमा दूईवटा मिसाइल प्रहार भएको युक्रेनी सेनाले बताएको छ । रुसलाई दोष दिँदै युक्रेनका वायुसेवा प्रमुखले बन्दरगाहमा रहेको अन्न भण्डारलाई जानजानी निशाना बनाइएको आरोप लगाएका छन् ।

 हिजो भएको सम्झौतामा रुसले अन्न ढुवानी ट्रान्जिटमा हुँदा बन्दरगाहहरुलाई लक्षित गरेर आक्रमण नगर्ने सहमती भएको थियो । कीभ र मस्कोका अधिकारीहरुले युक्रेनमा फसेको लाखौं टन खाद्यान्न निर्यात गर्न दिने भन्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 


प्रतिक्रिया