क्राइमियामा श्रृङ्खलाबद्ध विष्फोट

रेडियो कान्तिपुर संवाददाता

श्रावण २५, २०७९

रुसले कब्जामा लिएको युक्रेनको क्राइमिया क्षेत्रमा श्रृङ्खलाबद्ध विष्फोट भएका छन् । क्राइमियास्थित साकी सैन्य बसम्याम्पमा भण्डारमा राखिएको विष्फोटक पदार्थ पड्किएको बीबीसीले उल्लेख गरेको छ । विष्फोटका भिडियोहरु सामाजिक सञ्जालमा सेयर भइरहेका छन् । भण्डारण क्षेत्रमा विष्फोट भए पनि रुसले औपचारिक भनाइ सार्वजनिक नगरेको बीबीसीले जनाएको छ ।

रुसले सन २०१४ मा आफ्नो कब्जामा लिएको क्राइमियामा पर्यटकको चहलपहल भएको स्थानमा विष्फोट भएको हो । १२ वटा सम्म विष्फोट हुंदा १ जनाको मृत्यु भएको सुचना सार्वजनिक गरिएको छ । विष्फोटमा आफ्नो कुनै संलग्नता नरहेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोलिकले बताउनुभएको छ । विस्फोटलगत्तै राष्ट्रपति भोलोदिमिर जेलेन्स्किले आफ्नो भुमि क्राइमिया फिर्ता लिएरै छाड्ने अभिब्यक्ति दिनुभएको थियो । क्राइमियाबाट सुरु भएको युद्ध क्राइमियाबाटै अन्त्य हुनुपर्ने जेलेन्स्किको भनाई छ ।  


प्रतिक्रिया