अमेरिकामा विद्यार्थीको अध्ययन कर्जा मिनाहा

भाद्र ९, २०७९ | एजेन्सी


अमेरिकामा संघीय विद्यार्थी ऋण कार्यक्रम अन्तर्गत विद्यार्थीको १० हजार डलर अर्थात् १२ लाख ७० हजार नेपाली रुपैया बराबरको अध्ययन कर्जा मिनाहा गर्ने सरकारले घोषणा गरेको छ । वार्षिक १ लाख २५ हजार भन्दा कम आम्दानी गर्ने विद्यार्थीको मात्रै सो ऋण मिनाहा गर्ने निर्णय गरिएको राष्ट्रपति जो बाइडेनले स्पष्ट पार्नुभएको छ । आर्थिक अवस्था निकै कमजोर भएका विद्यार्थी कार्यक्रम अन्तर्गत ऋण लिएका विद्यार्थीको २० हजार डलर अर्थात झण्डै २५ लाख नेपाली रुपैयाँ बराबरको अध्ययन कर्जा मिनाहा गर्ने सरकारी योजना सार्वजनिक गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएकाहरुले अध्ययन कर्जाका कारण जिवनभर कुनै प्रगति गर्न नसक्ने अवस्था समाधानका निम्ति सो योजना ल्याइएको राष्ट्रपति बाइडेनको भनाई छ । हाल अमेरिकामा जारी भएका अध्ययन कर्जा कार्यक्रममा ५ मध्ये एक विद्यार्थीको ऋण १० हजार डलर भन्दा कम छ । कुल ३ खर्ब डलर ऋण सरकारले बेहोर्ने गरी कर्जा मिनाहा कार्यक्रम जारी गरीएको हो ।


प्रतिक्रिया