युक्रेन भन्छ: आणविक केन्द्रबाट सम्भावित विकिरण प्रकोपको सामना

भाद्र १०, २०७९ | किभ

युरोपले जापोरिजिया आणविक केन्द्रबाट सम्भावित विकिरण प्रकोपको सामना गरेको युक्रेनले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफुहरुको सक्रिय प्रयासका कारणमा विकिरण प्रकोप टार्न सफल भएको बताउनुभएको छ । जापोरिजिया आणविक भट्टीमा रुसी आक्रमणपछि विद्युत आपूर्ति रोकिएपछि विकिरण प्रकोपको सम्भावना बढेको थियो । यद्यपि, तत्काल विद्युतको व्याकअप भएकाले सो भट्टीलाई सुरक्षित संचालन गर्न सकिएको राष्ट्रपति जेलेन्स्कीको भनाई छ ।

सो भट्टीमा डिजेल जेनेरेटर मार्फत तत्काल विद्युत आपूर्ति गरेर विकिरण दुर्घटना रोकेको समेत युक्रेनको दावी छ । युरोपकै ठुलो आणविक भट्टीमा रुसको आक्रमणको राष्ट्रसंघ लगायतका निकायले निन्दा गरेका थिए । 


प्रतिक्रिया