मोडेर्नाद्धारा फाइजर उत्पादकविरुद्ध मुद्धा

भाद्र ११, २०७९ | एजेन्सी



कोभिड–१९ विरुद्धको खोप निर्माता कम्पनी मोडेर्नाले फाइजर खोपको उत्पादक कम्पनी बायो एन टेकविरुद्ध मुद्धा दायर गरेको छ । आफ्नो पेटेन्ट उल्लघंन गरेको भन्दै मोडेर्नाले फाइजर उत्पादक विरुद्ध मुद्धा दायर गरेको हो । कोभिड–१९ विरुद्धको खोपको पहिलो उत्पादक बन्ने होडमा रहँंदा सो पेटेन्ट उल्लंघन भएको मोडेर्नाको आरोप छ । फाइजर उत्पादक बायो एन टेक जर्मनको कम्पनी भएकाले अमेरिका र जर्मनीमा दुवै मुलुकमा मोडेर्नाले मुद्धा दायर गरेको छ ।

मोडेर्नाको मुद्धाप्रति आश्चर्य व्यक्त गर्दै बायो एन टेकले भने मुद्धाको सामना गर्ने बताएको छ । मोडेर्ना खोपको दुई महत्वपूर्ण तत्वको बौद्धिक सम्पत्ति बायो एन टेकले चोरी गरेको दाबी गरिएको छ । सन् २०१५ मा आफुहरुले पहिलो पटक रसायनिक परिमार्जनसम्बन्धी प्रविधि बायो एन टेकले कोभिड–१९ विरुद्धको खोपमा प्रयोग गरेको मोडेर्नाको आरोप छ । 


प्रतिक्रिया