बेलायतले ग्यास उत्खनन्मा लगाइएको प्रतिवन्ध हटायो

आश्विन ६, २०७९

बेलायतले पेट्रोलियम वा प्राकृतिक ग्यास निकाल्न प्रयोग गरिने ड्रिलिंग विधिमा लाग्दै आएको प्रतिवन्ध हटाएको छ । विगत केहि वर्षयता ग्यास उत्खनन्को सो विधिमा लगाइएको प्रतिवन्ध आजबाट औपचारिक रूपमै हटाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । देशको उर्जा आपूर्तिलाई थप सुदृढ गर्न भन्दै बेलायतले सो प्रतिवन्ध हटाएको हो । 

बेलायतका व्यापार तथा ऊर्जा अधिकारीहरुले घरेलु उत्पादन बढाउन ऊर्जाका सबै स्रोतहरू अन्वेषण गर्न आवश्यक भएका बताएका छन् । रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली बजारमा ऊर्जाको मूल्य बढेको छ । मूल्यवृद्धिपछि बेलायतले १ सय अर्ब पाउन्ड भन्दा बढीको अनुमानित लागतमा घरपरिवार र व्यवसायका लागि अनुदान दिँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया