युक्रेनी चार क्षेत्रमा रुसले गर्‍यो जनमत संग्रह

रेडियो कान्तिपुर संवाददाता

आश्विन १२, २०७९

पश्चिमा मुलुकहरुको विरोधका बाबजुत रुसले युक्रेनका चार क्षेत्रमा जनमत संग्रह सम्पन्न गरेको । युक्रेनको लगभग १५ प्रतिशत भूभाग ओगटेका ती ४ क्षेत्रका करिव ४० लाख नागरिकले मतदान गरेका छन् । ९९ दशमलव २३ प्रतिशत नागरिकले रुसमा सामेल हुने पक्षमा मतदान गरेको डोनेत्स्क र लुहान्समा क्रेमलिन समर्थक प्रशासनद्धारा सञ्चालित समाचार एजेन्सीहरुको प्रक्षेपणलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिक युरोपेली युनियन लगायत पश्चिमा शक्तिले क्रिमियाको जस्तै यो पटकको जनमतसंग्रहलाई यसअघि नै अवैधानिक भनिसकेका छन् । तर रुसले भने मतणनाबाट प्राप्त नतिजाकै आधारमा अघि बढ्ने दाबी गरेको छ ।

जापोरिजियाको इनेरहोदरका प्रत्येक घरमै पुगेर रुसी सैनिक र मतदान कर्मचारीहरुले रुसको पक्षमा मत दिन दबाब दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मतदानमा सहभागी नभए जागिर जानेसम्मको चेतावनी दिइएको स्थानीयको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी शुक्रबार रुसी संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ । सम्बोधनकाक्रममा पुटिनले जनमत संग्रहको हवाला दिँदै चारवटै युक्रेनी क्षेत्र रुसमै गाभिने घोषणा गर्ने पूर्ण सम्भावना रहेको बताइएको छ । जनमतसंग्रहलाई युक्रेन र अन्य पश्चिमा राष्ट्रहरुले पनि अबैध भन्दै आएका छन् । रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका युक्रेनका दक्षिण पूर्वी क्षेत्रहरु लुहान्सक, डोनेत्स्क, जोपोरिजया र खेर्सनमा गत शुक्रबारदेखि मतदान सुरु भएको थियो ।


प्रतिक्रिया