रुसले युक्रेनका ४ क्षेत्रलाई आफ्नो मुलुकमा गाभ्ने

आश्विन १३, २०७९ | काठमाडौं

रुसले युक्रेनका विभिन्न ४ क्षेत्रलाई आफ्नो मुलुकमा गाभ्ने भएको छ । युक्रेनको पूर्वी क्षेत्रका लुहान्स्क र डोनेस्ट्क तथा दक्षिणी क्षेत्रका जापोरिजिया र खेरसनलाई रुसमा गाभ्ने सन्दर्भमा राष्ट्रपति भ्लादिमिर पुटिनले भोली औपचारिक कार्यक्रमको आयोजना गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । 

स्थानीय समय अनुसार अपरान्ह ३ बजे हुने कार्यक्रममा राष्ट्रपति पुटिनले विशेष सम्बोधन गर्ने तयारी गरिएको छ । केही दिन अघि मात्र रुसले सो क्षेत्रमा जनमत संग्रह गरेको थियो । यस अघि सन् २०१४ मा युक्रेनको भुभाग क्रिमियालाई रुसले गाभेको थियो । रुसको कदमलाई भने अमेरिका तथा युरोपेली मुलुकले विरोध गर्दै आएका छन् । रुसले युक्रेनको केही भुभागमा गरेको जनमत संग्रहको अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिने जनाएका छन् । 


प्रतिक्रिया