इण्डोनेशियामा गएको भूकम्पमा परि मुत्यु हुनेको संख्या २ सय ६८ पुग्यो

मंसिर ७, २०७९

इण्डोनेशियाको जाभा टापुमा गएको भूकम्पमा परि मुत्यु हुनेको संख्या २ सय ६८ पुगेको छ । १ सय ५१ जना अझै हराइरहेको अन्तराष्ट्रिय सञ्चचारमाध्यामले जनाएका छन्  । यस्तै भुकम्पमा परि एक हजार भन्दा बढी घाइते भएका छन् । 

 मृत्यु तथा घाइते हुनेमा अधिकांश बालबालिका रहेको बताइएको छ । यस्तै २ हजार २ सय घरहरुमा पूर्ण क्षेति पुगेको छ । भत्किएका भवनहरुमा फसेका अन्यलाई बचाउन उद्धारकर्ताहरु खटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

पश्चिमी जाभा सियानजुर शहरलाई केन्द्रविन्दु बनाएर हिजो ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प भएको थियो । भुकम्पमा कारण पश्चिम जाभा प्रान्तको सियानजुर सहर नजिकको गाउँ नै पुरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया