मंकीपक्स भाइरसको नयाँ नामाकरण

मंसिर १३, २०७९

विश्व स्वास्थ्य संगठन डब्लूएचओले मंकीपक्स भाइरसलाई नयाँ नामाकरण गरेको छ । भाइरसको नामसँग जोडिएको भाषालाई लिएर गुनासो बढ्न थालेको भन्दै डब्लूएचओले मंकीपक्सलाई एमपक्स नामाकरण गरिएको जनाएको छ । पहिलोपटक बाँदरमा भाइरस देखा परेकोले मंकीपक्स नाम दिइएको यो भाइरसको नामलाई लिएर डब्लूएचओले राय सुझाव समेत माग्दै आएको थियो । भाइरसको नाम परिवर्तन भएपनि एक वर्षसम्म भने अहिलेकै नाम पनि प्रयोग गर्न सकिने डब्लूएचओले जनाएको छ ।

 डब्लूएचओले कुनै पनि रोगको नाम राख्दा त्यसले पशु अधिकारदेखि कुनै पनि सांस्कृतिक, सामाजिक, राष्ट्रिय वा जातीय समूहलाई नकारात्मक असर नपर्नेतर्फ ध्यान दिइनुपर्नेमा जोड दिएको छ । यसअघि पनि डब्लूएचओले कोभिड महामारीका बेला भेरियन्टहरुको नामाकरण गर्दा नामले कसैलाई अनावश्यक रुपमा असर नपर्ने गरी ग्रीक अक्षरहरु प्रयोग गरेको थियो । 


प्रतिक्रिया