बंगलादेशलाई विश्व बैंकको आर्थिक सहयोग

मंसिर १७, २०७९

विश्व बैंकले बंगलादेशलाई वातावरणीय व्यवस्थापनलाई सुदृढ बनाउन तथा हरित लगानीमा निजी क्षेत्रको सहभागिता प्रवद्र्धनका लागि २ करोड ५० लाखअमेरिकी डलरको आर्थिक सहायता स्वीकृत गरेको छ । वातावरणीय परियोजनाको सफल कार्यान्वयनले दक्षिण एसियाली देशमा प्रदूषण लगायतका समस्याहरु समाधान गर्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ । जसले दुई करोड १० लाख भन्दा बढी मानिसहरुलाई लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ । प्रदूषणले स्वास्थ्यमा असर गर्ने मात्रै नभई देशको आर्थिक प्रतिस्पर्धात्मक क्षमतामा पनि कमी ल्याउने विश्व बैंकले उल्लेख गरेको छ । विश्व बैंक पर्यावरणीय चुनौतीहरुको सामना गर्न बंगलादेशको लामो समयदेखि साझेदार रहेको छ । यस परियोजनाले प्रदूषणलाई नियन्त्रण गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।  


प्रतिक्रिया