रुसको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट युक्रेनमा चार जनाको मृत्यु

मंसिर २०, २०७९ | काठमाडौं

युक्रेनको दक्षिणी क्षेत्र जापोरिजिया क्षेत्रमा रहेका उर्जा केन्द्रलाई लक्षित गर्दै रुसले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट चार जनाको मृत्यु भएको युक्रेनले दाबी गरेको छ ।

रुसले हिजो मात्रै उर्जा केन्द्रलाई लक्षित गर्दै ७० वटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

 रुसले उर्जा केन्द्रलाई लक्षित गर्दै गरेको क्षेप्यास्त्र प्रहार नियन्त्रणका लागि आपत्कालिन रुपमा उर्जा केन्द्र बन्द गर्ने तयारी गरिरहेको युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताउनुभयो । निरन्तर तापक्रम घट्दै गएको युक्रेनमा शून्य डिग्रि सेल्सियस तापक्रम मापन गरिएको छ । 

 रुसले उर्जा केन्द्रमा लक्षित गर्दै गरेको क्षेप्यास्त्र प्रहारबाट युक्रेनका लाखौं नागरिक विद्युत तथा खानेपानी सेवाबाट वञ्चित भएका छन् । रुसले युक्रेनलाई लक्षित गर्दै उर्जा क्षेत्रमा गरेको प्रहारबाट छिमेकी मुलुक मोल्डोभा समेत प्रभावित भएको छ ।  


प्रतिक्रिया