एक वर्षमा इरानमा ५ सय बढी नागरिकलाई मृत्युदण्ड

मंसिर २०, २०७९ | काठमाडौं

इरानमा पछिल्लो एक वर्षमा मात्रै ५ सय भन्दा बढी नागरिकलाई मृत्युदण्ड दिइएको रिपोर्ट सार्वजनिक भएको छ । इरानी मानव अधिकारले सार्वजनिक गरेको एक रिपोर्ट अनुशार सो संख्या पाँच वर्षयताकै उच्च रहेको बताइएको छ।

अपहरणमा संलग्न भएको भन्दै हालै मात्र इरानमा चार जनालाई मृत्युदण्ड दिइएको छ भने तीन जनालाई ५ देखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ । हत्या, अपहरण, लागु औषध कारोबार लगायतमा संलग्नताको पुष्टि भएको आधारमा मृत्युदण्ड दिइएको छ । 

गत वर्ष सन् २०२१ मा इरानामा ३ सय ३३ जनालाई मृत्युदण्ड दिइएको थियो । जसमा १ सय ८३ मृत्युदण्ड हत्याको आरोप, १ सय २६ मृत्युदण्ड लागुऔषध कारोबारमा संलग्नताकै कारण दिइएको थियो । सन् २०१० यता इरानमा ३ हजार ७ सय ५८ जनालाई विभिन्न कारणमा मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया