इण्डोनेसियामा विवाहेत्तर सम्बन्धलाई अपराध मानिने

मंसिर २०, २०७९

इन्डोनेसियाको संसदले नयाँ फौजदारी संहितालाई अनुमोदन गरेको छ । संसदले विवाहअघि यौनसम्पर्क र विवाहेत्तर सम्बन्धलाई अपराध मान्ने गरी विधेयक पारित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ विधेयकमा दोषी प्रमाणित भए जेल सजायको व्यवस्था पनि गरिएको छ ।

विधेयकमा विवाहेत्तर सम्बन्धलाई अपराधको श्रेणीमा राखिएको छ । सो कानुन इन्डोनेसियाका नागरिक र विदेशीहरुलाई समेत लागु हुने बताइएको छ । इन्डोनेसियाका कानुन मन्त्री यासोना लियोलीले नयाँ फौजदारी संहिता तीन वर्षपछि मात्रै लागू हुने बताउनु भएको छ । 

इन्डोनेसियाका सामाजिक कार्यकर्ताहरुले भने कानुनको विरोध गर्दै जर्कातामा प्रदर्शन गरेका छन् । सो कानुनले मुस्लिम बाहुल्य देशमा नागरिकहरुको स्वतन्त्रता खोस्न सक्ने उनीहरुको भनाइ छ । नयाँ कानुन लागू भएपछि इण्डोनेसियामा बस्ने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय बढी प्रभावित हुने देखिन्छ । 


प्रतिक्रिया