पूर्व राष्ट्रपति ट्रम्पको कम्पनी कर छली अपराधमा दोषी ठहर

मंसिर २१, २०७९

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी कर सम्बन्धी अपराधमा दोषी ठहर भएको छ । न्यूर्योकमा गरिएको दुई दिन सम्मको बहसपछि ट्रम्प कम्पनीलाई कर छली अपराधमा दोषी ठहर गरिएको हो । यद्यपी ट्रम्पले त्यसविरुद्ध विमति जनाउँदै फैसलालाई कानूनी षड्यन्त्रको संज्ञा दिनु भएको छ । ट्रम्पको कम्पनीलाई एक दशकभन्दा बढी समयसम्म आफ्ना शीर्ष अधिकारीहरुलाई कानुनी अधिकार भन्दा बाहिर गएर अतिरिक्त सुविधा प्रदान गरेको, कर कटौती लगायतका आरोपमा दोषी ठहर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले तिर्नुपर्ने जरिवाना, करिब १६ लाख अमेरिकी डलर बराबर हुनसक्ने जनाइएको छ । 


प्रतिक्रिया