सैन्य विषयमा बोल्दा विवेक पुर्‍याउन जापानलाई चीनको चेतावनी

मंसिर २१, २०७९

चीनले जापानलाई सैन्य र सुरक्षाका विषयमा बोल्दा विवेक पुर्‍याउन चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा जापानको बढ्दो रक्षा बजेटसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै सो टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘जापानले एसियाली छिमेकीहरुको सुरक्षा चासोको सम्मान गर्नुपर्छ, सैन्य र सुरक्षाको क्षेत्रमा विवेकपूर्ण ढंगले बोल्नुपर्छ र काम गर्नुपर्छ जसले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि अनुकूल वातावरण निर्माण गर्छ ।’

माओले जापानको रक्षा बजेट लगातार १० वर्षसम्म बढेको भन्दै यस्तो कदमले एसियाली छिमेकी र अन्तर्राष्ट्रिय समुदायबीच आशंका पैदा गरेको बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।  


प्रतिक्रिया