इजरायलमा सरकारविरुद्धको प्रदर्शन चर्कियो

माघ १, २०७९

इजरायलमा गठबन्धनको नयाँ सरकारले न्यायपालिकालाई परिमार्जन गर्ने योजना ल्याएपछि प्रदर्शन चर्किएको छ । ८० हजार भन्दा बढी इजरायली नागरिकहरु प्रदर्शनमा उत्रिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहु निवास परिसर, तेल अभिभ उत्तरी सहर हाइफा लगायतका क्षेत्रमा प्रर्दशन भएको छ ।

न्यायपालिका परिमार्जनको सो नीतिले संसदसहित सर्वोच्च अदालतका निर्णयहरु उल्टाउन सजिलो बनाउने विश्लेषण गरिएको छ । प्रदर्शनकारीहरुले प्रधानमन्त्री नेतन्याहुको प्रस्तावित परिवर्तनलाई लोकतान्त्रिक शासनमाथिको आक्रमणको रुपमा व्याख्या गरेका छन् । यसले इजरायली इतिहासमा सबैभन्दा धार्मिक र कट्टरपन्थी सरकारको स्थापनालाई पछ्याउँने अन्तर्राष्ट्रिय स्तरमा व्याख्या भइरहेको छ ।

तेल अभिभको प्रमुख सडक, आयलोन राजमार्ग अवरुद्ध बनेको छ । प्रदर्शनकारीको एक समूह र प्रहरीबीच झडप हुँदा सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको बीबीसीले जनाएको छ । सरकारको सो नीतिले न्यायीक स्वतन्त्रतालाई अपांग बनाउने, भ्रष्टाचारलाई बढावा दिने, अल्पसंख्यक अधिकारहरुलाई फिर्ता गर्ने र इजरायलको न्यायालय प्रणालीलाई विश्वसनीयताबाट वञ्चित गर्ने भन्दै सरकारको आलोचना गरेका छन् । 


प्रतिक्रिया