तालिवानको निरंकुश प्रवृतिले दैनिकी कष्टकर भयोः अफगानी महिला

माघ १०, २०७९ | काठमाडौं

तालिवान सरकारको निरंकुश प्रवृतिका कारण दैनिकी कष्टकर बनेको अफगानिस्तानका महिलाहरुले बताएका छन् । २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबान सरकारले महिलाहरुको दैनिकीमा नै प्रतिबन्ध लगाएको छ ।

तालिबान सरकारले अधिकांश माध्यमिक विद्यालयहरू छात्राका लागि बन्द गरेको छ । यस्तै महिलाहरूलाई विश्वविद्यालय जान प्रतिबन्ध लगाइएको छ ।

पार्क र जिममा पनि प्रवशे रोक लगाइएको छ भने कडा ड्रेस कोडहरू पालना गर्नुपर्ने तालिबान सरकारले व्यवस्था गरेको छ । गत डिसेम्बरमा तालिबानले महिला सहायताकर्मीहरूलाई उनीहरूको काम गर्न प्रतिबन्ध लगाएको थियो ।

तालिबानले महिला सहायताकर्मीहरूमाथिको प्रतिबन्ध समेत नहटाउने बताएको बअन्तराष्ट्रिय सञ्चारमाध्यामले जनएका छन् । 


प्रतिक्रिया