न्यूजिल्याण्डमा आपलकालिन अवस्था घोषणा

माघ १४, २०७९

न्यूजिल्याण्डमा भारी वर्षापछि आएको बाढीका कारण आपतकालिन अवस्थाको घोषणा गरिएको छ । लगातारको वर्षापछि आएको बाढी र त्यसले पारेको प्रभावलाई मध्यनजर गर्दे सबैभन्दा ठूलो सहर अकल्याण्डमा आपतकालिन अवस्था घोषणा गरेको बीबीसीले जनाएको छ । 

अकल्यान्डमा आएको मुसलधारे वर्षाका कारण कयौं घर बगाएको छ भने यातायात सेवा समेत अवरुद्ध भएका छन् । विद्युत कटौती हुँदा नागरिक विद्युतको पहुँच बाहिर रहन पुगेको बीबीसीले जनाएको छ । सामान्य गर्मीयाममा सहरमा हुने ७५ प्रतिशत वर्षा पछिल्लो १५ घण्टामै भएको बताइएको छ । 


प्रतिक्रिया