वैदेशिक व्यापार लगानी वृद्धि गर्ने चीनको योजना

माघ १५, २०७९

चीनले वैदेशिक व्यापार र लगानी वृद्धि एवं उपभोगमा तिब्रता ल्याउने योजना अघि सारेको छ । चिनियाँ प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न राज्य परिषद बैठकले आर्थिक सुधार र व्यापार विस्तारका लागि यस्तो निर्णय गरेको हो ।

 बैठकले केन्द्रीय आर्थिक सम्मेलनले हालै अनुमोदन गरेको आर्थिक सुधार सम्बन्धी निर्णयहरुको कार्यान्वयन गर्ने प्रस्तावलाई पनि अघि बढाएको छ । यस्तै, आर्थिक वृद्धि, रोजगारी र उपभोग्य वस्तुको मूल्यमा स्थिरता सुनिश्चित गर्नेतर्फ बैठकले ध्यान केन्द्रित गरेको छ । 

अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्नका लागि अघि बढाइएका नीतिगत प्याकेजको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्न ठोस कदम अगाडि बढाइने बैठकले निर्णय गरेको छ । मुख्य परियोजना र वित्तीय नीतिको अग्रसरताका उपकरणहरुलाई अद्यावधिक गरी बढी भौतिक प्रगति गर्नेतर्फ अगाडि बढ्नेतर्फ ध्यान दिएको छ । 


प्रतिक्रिया