पाकिस्तानमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ५० बढीको मृत्यु

माघ १५, २०७९ | काठमाडौं

पाकिस्तानको दक्षिण पश्चिम क्षेत्रमा भएको बस दुर्घटनामा कम्तीमा ४१ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

बलुचिस्तान प्रान्तको दक्षिणी शहर बेला नजिकै भएको दुर्घटनामा बस खाल्डोमा खसेर आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको हो ।

अफगानिस्तानको सिमाना नजिक रहेको खैबर पख्तुनख्वाको कोहट क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा १० बालबालिकाको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुने बालबालिका सातदेखि १४ वर्षका रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरी अधिकारीका अनुसार अन्य ११ बालबालिकाको उद्धार गरिएको छ । नौ जना अझै बेपत्ता भएको अनुमान गरिएको छ ।


प्रतिक्रिया