पाकिस्तानको कारागारमा १ हजार अफगानी शरणार्थी

माघ १७, २०७९

पाकिस्तानको कारागारमा १ हजार अफगानी शरणार्थी रहेको एक तथ्याङक सार्वजनिक भएको छ । कारागारमा १ सय ५० बालबालिका, १ सय ३८ अफगानी महिला समेत रहेको समाचार संस्था ए.एन.आइले जनाएको छ । यस्तै पछिल्लो चार महिनामा तीन अफगानी शरणार्थीको कारागारमै मृत्यु भएको बताइएको छ ।

 यस्तै थप १ सय ५२ अफगानी शरणार्थी कारागारबाट रिहाइको लागि प्रक्रिया अगाडी बढेको समाचारमा भनिएको छ । यू.एन.एच.सी.आरको तथ्याङ अनुशार पाकिस्तानमा हाल १० लाख ३० हजार अफगानी नागरिक शरणार्थी रुपमा बस्दै आएका छन् । पाकिस्तानले केहि अफगानी शरणार्थीलाई बलपूर्वक स्वदेश फर्काउन पनि थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 


प्रतिक्रिया