चुनावमा प्रतिस्पर्धा गर्नबाट रोक्न सरकार र सेनाले षड्यन्त्र गरे : इमरान खान

जेष्ठ ४, २०८०

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू र आफ्नो पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) लाई आगामी आम चुनावमा प्रतिस्पर्धा गर्नबाट रोक्न सत्तारुढ गठबन्धन र सेना लागि परेको दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्री खानले आफूलाई चुनावी प्रक्रियाबाट टाढा राख्नका लागि १ सय भन्दा बढी मुद्दा लगाइएको आरोपसमेत लगाउनुभएको छ ।

पीटीआई प्रमुखसमेत रहेका पूर्वप्रधानमन्त्री खानलाई मे ९ मा इस्लामावाद उच्च अदालतमा उपस्थित हुँदा अर्धसैनिक बलले गिरफ्तार गरेको थियो । सोही गिरफ्तारी विरुद्ध देशैभर भएको प्रदर्शनले हिंसात्मक रुप लिदाँ १० जनाको मृत्युसमेत भएको थियो । यसैबीच, पाकिस्तानी प्रहरीले हिंसात्मक प्रदर्शनमा संग्लन दर्जनौं मानिसलाई पूर्वप्रधानमन्त्री खानले आश्रय दिएको बताएको छ ।


प्रतिक्रिया