जी सेभेन नेताहरूको शिखर सम्मेलन जापानमा

जेष्ठ ५, २०८० | काठमाडौं

जापानको हिरोशिमामा जी सेभेन नेताहरूको शिखर सम्मेलन हुने भएको छ । आगामी आइतबार हुने शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुने युक्रेनी अधिकारीले पुष्टि गरेका छन् ।

जेलेन्स्की जापान जानु भन्दा पहिले साउदी अरेबियामा अरब लीग शिखर सम्मेलनमा सहभागि हुने बताइएको छ । युक्रेन सो शिखर सम्मेलनको एजेन्डाको शीर्ष स्थानमा छ । रुसले युक्रेनमाथि आक्रमण जारी राखेपछि अमेरिकाले प्रतिबन्धहरू थप गरेको छ भने बेलायतले रूसी हीरामाथि प्रतिबन्ध लगाएको छ ।

जलवायु परिवर्तन, खाद्य सुरक्षा, स्वास्थ्य र आणविक निशस्त्रीकरणका विषयमा पनि शिखर सम्मेलनमा छलफल हुने बताइएको छ । जी सेभेनमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् तर यो वर्ष अन्य आठ राष्ट्रहरूलाई पनि आमन्त्रित गरिएको छ ।


प्रतिक्रिया