भारतमा कफ सिरप निर्माताले अनिवार्य परीक्षण गराउनुपर्ने

जेष्ठ ९, २०८०

भारत सरकारले कफ सिरप निर्माताले आफ्नो उत्पादन निर्यात गर्नुअघि नमूना परीक्षण गराउन अनिवार्य गरेको छ । कम्पनीहरूले जुन १ देखि सरकारद्वारा स्वीकृत प्रयोगशालाबाट विश्लेषणको प्रमाणपत्र लिनुपर्नेछ । गाम्बिया र उज्वेकिस्तानमा भारतमा निर्मित केही कफ सिरपहरू मृत्युसंग जोडिएपछि सरकारले कडाई गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वको एक तिहाइ औषधि उत्पादन गर्ने भारतको औषधि उद्योगमा विवादले असर पारेको थियो । नमुना परीक्षणका लागि केन्द्र र राज्य सरकारी प्रयोगशालाहरूको सूची पनि सार्वजनिक गरिएको छ । अन्य मुलूकमा बालबालिकाको मृत्युसंग घरेलु कफ सिरप जोडिएपछि भारतले नीति परिवर्तन गरेको हो । मार्चमा भारतको औषधि नियामकले मेरियन बायोटेकको उत्पादन इजाजतपत्र रद्द गरेको थियो । 


प्रतिक्रिया