विपक्षी दलद्वारा मोदीको विरोध

जेष्ठ ११, २०८०

भारतमा नयाँ संसद भवन उद्घाटनको बिषयलाई लिएर विपक्षी दलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको कदमको विरोध गरेका छन् । प्रधानमन्त्री मोदीले राजधानी नयाँ दिल्लीमा निर्मित नयाँ संसद भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएपछि विपक्षी दलहरुले सो कार्यक्रम वहिष्कारको घोषणा समेत गरेका छन् । 

संसद भवन उद्घाटन राष्ट्रपति द्रौपदी मुर्मुले गर्नुपर्ने माग गर्दै राष्ट्रिय र क्षेत्रीय दलले देशको पहिलो आदिवासी राष्ट्रप्रमुखलाई मोदीले किनारा लगाउन खोजेको आरोप लगाएका छन् । विपक्षी दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री मोदीले राष्ट्रपति मुर्मुलाई पूर्ण रुपमा किनारा लगाउँदै नयाँ संसद भवन आफैंले उद्घाटन गर्ने निर्णय गर्नु भनेको गम्भीर अपमान मात्र होइन लोकतन्त्रमाथि सीधा हमला हो ।”


प्रतिक्रिया