इरानद्वारा लामो दुरीको ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण

जेष्ठ ११, २०८०

इरानले सम्भावित २ हजार किलोमिटर दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरिएको दाबी गरेको छ । इजरायलको सशस्त्र सेनाका प्रमुखले आफ्नो आणविक कार्यक्रममा तेहरानको बिरूद्ध कारबाहीको सम्भावनाबारे बताएको दुई दिनपछि इरानले सो परीक्षण गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

मध्यपूर्वमा सबैभन्दा ठूलो क्षेप्यास्त्र कार्यक्रम भएको इरानले आफ्नो हतियार इजरायल र संयुक्त राज्य अमेरिकाको क्षेत्रसम्म पुग्ने दाबी समेत गरेको छ । यसैबीच, इरानका रक्षामन्त्री मोहम्मदरेजा अष्टियानीले देश र अहिलेसम्मका उपलब्धिहरूको रक्षा गर्ने बताउनुभएको छ । 


प्रतिक्रिया