पाकिस्तानका पूर्व प्रधानमन्त्री खानद्वारा सरकारलाई वार्तामा आउन प्रस्ताव

जेष्ठ १३, २०८०

पाकिस्तानको तहरीक–ए–इन्साफ पीटीआईका अध्यक्ष इमरान खानले सरकारलाई वार्तामा आउन प्रस्ताव गर्नुभएको छ । खानले आफ्नो पार्टीलाई घेरा हाल्नुको सट्टा बसेर वार्ता गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका खानले एक अनलाइनसँगको अन्तर्वार्ताका क्रममा आफ्ना पार्टीका नेताहरुसहित १० हजार कार्यकर्ता पक्राउ परेको बताउनुभयो । पीटीआईलाई समर्थन गर्ने जोसुकैलाई पनि सरकारले पक्राउ गर्ने गरेको उहाँको आरोप छ ।

पाकिस्तान सरकार चुनावबाट डराएको भन्दै खानले आफू जेलमा रहे पनि पीटीआईले चुनाव जित्ने दाबी गर्नुभयो । सामान्य अदालतमा झुटा अभियोगमा सजाय पाउन मुस्किल भएकाले सरकारले सैनिक अदालतबाटै सजाय दिन चाहेको खानको आरोप छ ।


प्रतिक्रिया