टर्कीमा नयाँ राष्ट्रपतिका लागि मतदान जारी

तस्बिर : सौजन्य एजेन्सी 

जेष्ठ १४, २०८०

टर्कीमा नयाँ राष्ट्रपतिका लागि मतदान भइरहेको छ । टर्कीका नागरिकले २० वर्षपछि रिसेप तैयप एर्दोगान सत्तामा बस्ने वा नराख्ने भन्ने निर्णय गर्न राष्ट्रपतिको दौडमा मतदान गरिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बृहत् विपक्षी गठबन्धनले समेत समर्थन गरेकाले मतदानलाई टर्कीको भविष्यको दिशामा जनमत संग्रहको रूपमा लिइएको छ । एर्दोगानले आफुलाई जनताले विजयी गराए देशलाई एकताबद्ध गर्ने नयाँ युगको वाचा गर्नुभएको छ ।

टर्कीको पछिल्लो मुद्धा भनेको बढ्दो मुद्रास्फीति र जीवनयापनको लागत संकट हो । पहिलो चरणमा ८८ दशमलव ८ प्रतिशत मतदान भएको थियो । जसमा एर्दोगानले अग्रता २५ लाख मतका साथ अग्रता बनाउनु भएको थियो । एर्दोगानको प्रतिद्धन्दीका रुपमा केमाल किलिचदारोग्लुले उम्मेदवारी दिनुभएको छ । विपक्षी दलहरूले मतदान केन्द्र र निर्वाचन प्राधिकरणमा धाँधली हुन नदिन भन्दै करिब चार लाख स्वयंसेवक तैनाथ गरेका छन् । 


प्रतिक्रिया