चीनमा पहिलो पटक निर्मित जेटको व्यावसायिक उडान सफल

जेष्ठ १४, २०८०

चीनमा पहिलो पटक निर्मित यात्रुवाहक जेटले पहिलो व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको छ । सरकारी टिभीले राजधानी बेइजिङतर्फ गइरहेको विमान सांघाई माथिको आकाशमा देखाएको थियो । एयरबस र बोइङको एकल प्रभुत्व तोड्ने आशामा कमर्शियल एभिएसन कर्पोरेशन अफ चाइना कोम्याकले सो जेट निर्माण गरेको हो ।

सो जहाजमा एक सय ६४ सिट रहेको जनाइएको छ । पहिलो उडानमा जहाजमा १ सय ३० बढी यात्रुहरू सहितको सांघाई–बेइजिङ यात्रा तीन घण्टाभन्दा कम समयमै पूरा भएको थियो । कोम्याकले पाँच वर्षको अवधिमा वार्षिक १ सय ५० विमानहरू उत्पादन गर्ने योजना बनाएको छ । राष्ट्रपति सी जिनपिङले परियोजनालाई चीनको सबैभन्दा ठूलो उपलब्धिको रूपमा वर्णन गर्नुभएको छ । 


प्रतिक्रिया