टर्कीको राष्ट्रपतिमा रिसेप तैयप एर्दोगान पुन निर्वाचित

जेष्ठ १५, २०८०

टर्कीको राष्ट्रपतिमा रिसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनुभएको छ । ५२ प्रतिशत मत प्राप्त गर्दै एर्दोगान विजयी हुनुभएको हो । यद्यपि, विपक्षीले चुनावमा एर्दोगानले सन्तुलित नभएको भन्दै नतिजा स्विकार नगरेको बीबीसीले जनाएको छ ।

विपक्षी नेता केमल किलिकदारोग्लु ले आधुनिक टर्कीको सबैभन्दा अन्यायपूर्ण चुनाव भएको आरोप लगाउनुभएको छ । विपक्षी नेता केमलले राष्ट्रपति एर्दोगान भन्दा २० लाख मत कम प्राप्त गर्नुभयो । राष्ट्रपति निर्वाचन अघि भएको संसदीय निर्वाचनमा विपक्षी दलले सासंद संख्या बढाएपछि एर्दोगान संकटमा परेको विश्लेषण गरेपनि फरक नतिजा आएको हो ।

विपक्षीले ल्याएको समलिंगी सम्बन्धी नीतिको प्रस्तावको विपक्षमा रहेका एर्दोगानलाई बहुमत प्राप्त भएको हो । आलोचकहरुले आर्थिक संकटग्रस्त मुलुकमा बढ्दो महंगी जस्ता समस्या समाधानमा राष्ट्रपति एर्दोगानको क्षमतामा प्रश्न गरीरहेका छन् । 


प्रतिक्रिया