सुडानमा जारी द्धन्द्धका कारण मानवीय संकट उत्पन्न

जेष्ठ १६, २०८० | काठमाडौं

सुडानमा ५ दिनको युद्धविरामका लागी द्धन्द्धरत पक्ष सहमत भएका छन् । मानवीय संकट उत्पन्न भएपछि अमेरिका र साउदी अरबको मध्यस्ततामा दुई पक्षबीच युद्धविरामको घोषणा गरीएको हो । युद्धविरामका समयमा द्धन्द्धग्रस्त क्षेत्रमा वसोवास गरीरहेका २० लाख मानिसलाई अत्यावश्यक मानविय सहायता पुर्‍याइने योजना छ ।

युद्धविरामका समयमा अत्यावश्यक सुविधाहरु पनि उपलब्ध गराउनुका साथै दिर्घकालिन युद्धविरामबारे वार्ताको प्रयास समेत भैरहेको छ । विश्व खाद्य कार्यक्रमले राजधानी खारतुममा खाद्य सामाग्री वितरण गरेको छ । सुडानको नाइल, खारतुम, ओम्दरमान र बाहरी शहर द्धन्द्धग्रस्त छन् । सुडानको सेना र अर्धसैनिक दस्ता आरएसएफबीचको शक्ति संघर्षका कारण डेढ महिना देखी युद्ध चर्किएको छ ।

युद्धका कारण १४ लाख मानिस छिमेकि मुलुकहरुमा शरण लिन बाध्य भएका छन् । द्धन्द्धका कारण ७ सय मानिसको मृत्यु भएको तथ्यांक प्राप्त भएको सुडानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया