सुडानमा सरकारी पक्षबाट युद्धविरामको सहमति भंग

File Photo  

जेष्ठ १७, २०८० | काठमाडौं

सुडानको सेनाले युद्धविराम सहमति भंग गरेको छ । प्रतिद्वन्द्वी अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्ससँग गरेको युद्धविरामको सहमती सुडानी सेनाले भंग गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सेना र र्‍यापिड सपोर्ट फोर्स बीच साउदी अरेबियाको बन्दरगाह सहर जेद्दाहमा मेको सुरुमा सुरु भएको बार्तामा एक हप्ता युद्धविराम गर्ने सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेका थिए । एक हप्ता लामो युद्धविराम सम्झौता पश्चात् गत सोमबार मात्रै पाँच दिन युद्धविराम लम्ब्याउन सहमत भएका थिए । तर, सुडानको राजधानी खार्तुममा हिजो पुनः गोलाबारी भएको थियो ।

र्‍यापिड सपोर्ट फोर्सका नेता मोहम्मद भलले सुडानी सेनाको तर्फबाट युद्धविरामको भंग हुनु दुखद रहेको जनाएको छ । 


प्रतिक्रिया