कम्बोडियाको आम चुनावमा सीपीपीको विजयी घोषणा

श्रावण ७, २०८०

कम्बोडियाका प्रधानमन्त्री हुन सेनको पार्टीले आम चुनावमा विजयको घोषणा गरेको छ । दशकौं लामो शासन गर्दै आएको सो पार्टीले भारी मतान्तरले जितेको दाबी गरेको अर्न्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संसदको १ सय २५ सिटका लागि भएको चुनावमा विजयी सिट संख्या अझै यकिन हुन भने नसकेको कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) का प्रवक्ता सोक आइसनले बताउनुभएको छ । मतदानका लागि २३ हजार ७ सय ८९ वटा मतदान केन्द्र तोकिएका थिए । सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) विरुद्ध १७ जना उम्मेदवार प्रतिष्पर्धामा थिए ।

३८ वर्ष देखि सत्तामा रहेका प्रधानमन्त्री सेनले प्रतिस्पर्धी ठानिएका उम्मेद्वारलाई गत मेमा निर्वाचनका लागी अयोग्य ठहर गरेर जित पक्का गर्नुभएको थियो । प्रक्रियागत विषयलाई कारण देखाएर निर्वाचन अयोगले प्रमुख विपक्षी पार्टीलाइ चुनावमा सहभागी हुन अयोग्य ठहर गरेको थियो । 


प्रतिक्रिया