वाग्मती प्रदेशमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको मान्यता

वैशाख २२, २०८१ | काठमाडौं

वाग्मती प्रदेशमा आगामी साताबाट सरकारी कामकाजी भाषाको रुपमा नेपाल र तामाङ भाषालाई समेत प्रयोगमा ल्याइने भएको छ ।

बाग्मति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यका अनुसार पर्सीे सोमवारदेखि नेपाल र तामाङ भाषालाई प्रयोगमा ल्याउन लागिएको हो ।

मन्त्री बज्राचार्यले काठमाडौँको वसन्तपुरमा एक कार्यक्रमको आयोजना गरी दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याउने औपचारिक घोषणा गरिने बताउनुभयो । त्यस्तै, प्रदेश सरकारले पर्सीका लागि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ ।

नेपाल र तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसियालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनीमन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो ।


प्रतिक्रिया