चीनमा विहे दर घट्यो !

आश्विन ६, २०८०

चीनमा विवाह गर्ने दर घट्न थालेको सरकारी तथ्यांकले देखाएको छ । चीनमा विवाह प्रवद्र्धन गर्ने नीति र चिनियां समाजको वैवाहिक सम्बन्धमा परम्परागत अपेक्षा भए पनि विवाह दर घटिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

सन् २०१३ मा वार्षिक करीब एक करोड ३५ लाख जोडीले विवाह गरेकोमा गत वर्ष झन्डै ६८ लाखमा झरेको तथ्यांकमा उल्लेख छ । तथ्याङ्कले चीनमा मानिसहरुले ढिलो विवाह गर्ने, सम्बन्ध विच्छेदको दर बढ्दै गएको र अविवाहित रहन रोज्नेको संख्या बढ्दै गएको देखाएको छ । 

चिनियां युवाहरुले विवाहलाई आफ्नो आधुनिक जीवनसंग मेल नखाने गरेको बताउने गरेका छन् । उनीहरु विवाह गर्ने सोचले खुशी भन्दा पनि तनाव दिने गरेको बताउंछन् । चीनको मियांयाङमा रहेको खाली विवाह दर्ता हल चीनको सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।


प्रतिक्रिया