कोरोनाले लामो समय अस्पताल बस्नेको प्रमुख अंगमा समस्या देखिने जोखिम

आश्विन ६, २०८० | काठमाडौं

कोभिड–१९ का कारण लामो समय अस्पताल भर्ना भएका मानिसको प्रमुख अंगमा समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।

 अध्ययनका अनुसार फोक्सो, मस्तिष्क र मृगौला जस्ता अंगहरूमा समस्या हुने सम्भावना तीन गुणा बढी देखिएको छ । बेलायतमा गरिएको अध्ययनले लामो समय कोभिडको असर देखिएका मानिसका लागि थप प्रभावकारी उपचारको विकासमा मद्दत गर्ने पनि अपेक्षा गरिएको छ । 

अध्ययनका क्रममा कोभिड भएका २ सय ५९ बिरामीको स्वास्थ्य जाँच गरिएको थियो । ती बिरामी डिस्चार्ज भएको पाँच महिना पछि उनीहरुको प्रमुख अंगको जाँच गर्दा कोभिड नभएका व्यक्तिको तुलनामा भिन्नता देखिएको हो । सबैभन्दा धेरै असर फोक्सोमा देखिएको अध्ययनको निष्कर्ष छ । 


प्रतिक्रिया