चीनसँगको सम्बन्धमा सहकार्य गर्ने उत्तर कोरियाली नेता उनको भनाई

आश्विन ७, २०८० | काठमाडौंं

उत्तर कोरियाली नेता किम जोङ उनले चीनसँगको सम्बन्धमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनफिङलाई पत्र लेख्दै नेता किमले मैत्रीपूर्ण सम्वन्ध र सहकार्यका लागि प्रतिबद्धता जनाउनुभएको रोयटर्सले उल्लेख गरेको छ । मुलुकका जनताका निम्ति नयाँ युग र भविष्यका लागी चीनसँगको सहकार्य निरन्तर रहने नेता किमको भनाई छ ।

उत्तर कोरियाको स्थापना दिवसको अवसरमा चिनिया राष्ट्रपतिले पठाएको पत्रको जवाफ दिंदै नेता किमले प्रतिबद्धता जनाएको रोयटर्सले उल्लेख गरेको छ । राष्ट्रपति सि ले दुई मुलुकबीच रणनीतिक संवादको विस्तार गर्दै कार्यदल स्तरको सहकार्यका निम्ति आग्रह गर्नुभएको थियो । रुससँग रणनीतिक सहकार्य गरिरहेको उत्तर कोरियाले चीनसँगको सम्बन्धलाई मजबुत बनाउंदै अमेरिका र पश्चिमा मुलुकको प्रतिबन्धको सामना गर्ने रणनीति बनाएको छ । 


प्रतिक्रिया