हमासको हवाई आक्रमणको नेतृत्व गर्ने कमाण्डर मारिएको इजरायलको दाबी

कार्तिक ११, २०८० | काठमाडौं

इजरायली सेनाले हमासको हवाई आक्रमणको नेतृत्व गर्ने कमाण्डर मारिएको बताएको छ । इजरायली सेना आइडीएफको लडाकु विमानले गरेको हमलामा हमासलाई हवाई आक्रमणको निर्देशन दिने वायु सेना कमाण्डर असिम अबु रकाबा मारिएको बीबीसीले उल्लेख गरेको छ । यी कमाण्डरले अक्टोबर ७ मा आक्रमण गर्नेहरुलाई निर्देशन दिएको इजरायलले दाबी गरेको छ । कमाण्डर असिम कै निर्देशनमा हमासका प्यारा ग्लाइडरहरु इजरायल प्रवेश गरेका थिए ।

इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि यीनै कमाण्डरको संलग्नता रहेको बताइएको छ । इजरायलको रक्षा बलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै हिजो राति लडाइँको क्रममा आइडीएफको लडाकु विमानले गरेको हमलामा हमासलाई हवाई आक्रमणको निर्देशन दिने कमाण्डर असिमको मृत्यु भएको जानकारी दिएको हो । 

असिम हमासको यूएभी, ड्रोन, प्याराग्लाइडर, एरियल डिटेक्सन र रक्षाको लागि जिम्मेवार इजरायली सेनाले जनाएको छ ।  


प्रतिक्रिया